
मकवानपुर, १७ भदौ । अवैध लागूऔषधसहित मकवानपुरबाट दुईजना पक्राउ परेका छन् ।
ईन्द्रसरोवर गाउँपालिका–५ बस्ने २६ वर्षीया सिर्जना लामा र सर्लाही परवानिपुर गाउँपालिका–१ बस्ने २९ वर्षीय भरत मगरलाई अवैध लागूऔषध ७२ एम्पुल डाइजेल्याब, ७२ एम्पुल नुर्फिन र ७२ एम्पुल फेनारगन सहित आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
हेटौडा उपमहानगरपालिका–१० बसपार्कस्थित शंकास्पद रुपमा हिँडिरहेका सिर्जना र भरतलाई प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सो विषयमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया