२१ कार्तिक २०८३, शनिबार

अवैध यार्सागुम्बा सहित एकजना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, १७ भदौ । अवैध रुपमा ल्याएको यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् । डोल्पा ठूलो भेरी नगरपालिका–६ बस्ने ३० वर्षीय श्रवर्ण कुमार बुढालाई अवैध रुपमा ल्याएको ६ केजी १ सय ग्राम यार्सागुम्बा सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

नेपालगंज उपमहानगरपालिका–२० राझास्थित नेपालगंज बिमानस्थलमा डोल्पाबाट समिट बिमानमा नेपालगंज आएका श्ववर्णको झोलामा टिनको बाकसभित्र लुकाई ल्याएको उक्त यार्सागुम्बा र गोल्डटेक लेखेको डिजिटल तराजु सहित फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।