
काठमाडाै, १७ भदौ । एनसेल प्राईभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यो अफर यहि आइतबार देखि लागु भई १० हप्तासम्म रहने एनसेलले जनाएको छ । यो योजना हरेक आइतबार शुरु भएर शनिबार सकिने छ । योजनामा सप्ताहभर १ सय वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले भाग लिन सक्ने छन् ।
कसरी भाग लिन सकिन्छ ?
ग्राहकले प्रत्येक १ सय रुपैयाँ बराबरको रिचार्जका लागि एसएमएस मार्फत एउटा कोड प्राप्त गर्नेछन् । उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबारको अवधिमा २ सय ५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुइ वटा विशेष कोडहरु प्राप्त गर्नेछन् । ५ सय को रिचार्ज गरेका छन् भने पाँचवटा कोडहरु प्राप्त गर्नेछन् ।
योजना अवधिभर हरेक हप्ताका १० भाग्यशाली ग्राहकहरुको छनौट प्रत्यक्ष प्रशारणमा हुने लक्की ड्र मार्फत गरिने एनसेलले जनाएको छ । मंगलबार साँझ ७ बजे एपि वान टेलिभिजनमा लक्की ड्र प्रत्यक्ष प्रसारण हुनेछ । छानिएका भाग्यशाली ग्राहकहरुलाई हरेक बिहीबार एक कार्यक्रमकाबीच प्रतिव्यक्ति एक लाखका दरले नगद पुरस्कार हस्तान्तरण गरिने एनसेलले जनाएको छ ।















प्रतिक्रिया