
तुलसीपुर, १७ भदौ । राप्ती अञ्चल अस्पताल तुलसीपुरको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. सर्वेश शर्मा नियुक्त भएका छन् ।
राप्ती अञ्चल अस्पतालमा कार्यरत बरिष्ठ फेम्ली फिजिसियन डा. शर्मालाई भदौ ८ मा बसेको स्वास्थ्य मन्त्रालयको सचिव स्तरीय बैठकले मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि उनी भन्दा कनिष्ट स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. विनोद सिंङ निमित्त प्रमुखको रुपमा काम गर्दै आएका थिए ।
डाक्टर शर्माले आइतबार देखि कामको कामको जिम्मेवारी समहालेका छन् ।












प्रतिक्रिया