१ कार्तिक २०८३, शनिबार

बोको हराम समूहको आक्रमणमा ३० सैनिकको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नाइजेरिया, १७ भदौ । नाइजरको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहले गरेको आक्रमणमा कम्तीमा ३० सेनाको मृत्यु भएको छ ।

छुट्टाछुट्टै दुई सैनिक स्रोतले एएफपीलाई दिएको जानकारी अनुसार नाइजेरियाको उत्तरी क्षेत्रमा बलि यो उपस्थिति रहेको विद्रोही समूह बोको हरामले एक्कासी सैनिक शिविरमा आक्रमण थालेपछि प्रतिकारको क्रममा ३० जना सैनिक अधिकारी मारिएका हुन् ।

सयौँको सङ्ख्यामा ट्रकमा आएका जिहादी विद्रोहीले ब्रोनो राज्यको उत्तरी सीमा क्षेत्रमा रहेको जारी गाउँमा रहेका शिविरमा एक्कासी आक्रमण गरेपछि सेनाले उनीहरूविरुद्ध प्रतिकार गरेको थियो ।

दुई पक्षबीच बिहीबार शिविरमाथि आक्रमण गरी केही समय शिविरलाई कब्जा गरेको भएपनि सेनाको थप बल त्यहाँ पुगेपछि उनीहरूलाई उक्तस्थानबाट लखेट्न सेना सफल भएको बताइएको छ । सेनाले दिएको जानकारीमा विद्रोहीतर्फको क्षतिको विवरण भने दिइएका छैन । एएफपी