
गाईघाट, १६ भदौ । उद्योग, उद्यमी र स्वदेशी वस्तुकको प्रयोगमा जोड दिँदै ऐतिहासिक पर्व हरितालिका तीज संरक्षणमा जोड दिनु पर्ने यहाँका सरोकारवालाहरुले बताएकाछन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला महिला उद्यमी समिति गाईघाटको आयोजनामा शनिबार आयोजित महिला सशक्तिकरणको लागि तीज विशेष कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य एवंम नेपाल कम्युष्टि पार्टीका नेतृ अम्बिका थापाले भडकिलो तीजलाई मध्यमस्तर बनाइ महिलाहरुको सशसक्तिकरणमा जोड दिईन । उनले पछिल्लो समयमा संस्कृति संरक्षणभन्दा पनि देखासेखीको भरमा पर्वलाई मनाउँदा त्यसबाट पर्ने असरको प्रत्यक्ष सिकार महिला बन्दै गएकाले सबैले मान्ने गरी तीज मनाउन आग्रह गरिन् ।
त्यसैगरी अर्की प्रदेश संसद तथा अनेमसंघकी नेतृ कला घलेले समस्यामा महिला अवसरमा पुरुषबादी चिन्तन हावी भएकाले यसको अन्त्य हुनु पर्नेमा जोड दिईन । उनले भनिन्, रातदिन नभनि हरेक काममा महिलाको लगनशिलता चाहिने तर अवसर र आर्थिक उपार्जन गर्ने बेलामा पुरुषहरु हावि हुने गरेको बताईन ।
सहभागिहरुले उद्योग, उद्यम र स्वदेशी बस्तुको प्रयोगमा जोड दिँदै गाउँ बस्तिका महिलाहरुलाई कुनै कुनै सिप सिकाई आत्मनिर्भर बनाउनु पर्ने बताए । साथै उनीहरुले साना उद्योग र उद्यमीहरुलाई प्रोत्साहित गर्न सरकारले ठोस कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । –रासस












प्रतिक्रिया