
रुपन्देही, १६ भदौ । कटुवा पेस्तोल र चक्कुसहित दुई जना पक्राउ परेका छन् ।
शुद्धोधन गाउँपालिका–२ भुसणी बस्ने १८ बर्षीय राजेन्द्र लोध र सोही उमेरका सुनिल यादवलाई १ थान कटुवा पेस्तोल र १ थान चक्कु सहित प्रहरीले पक्राउ गरेको हो ।
लुम्बिनी साँस्कृतिक नगरपालिका–५ लोखडीया चोकबाट उनीहरु शुक्रबार राति पक्राउ परेका हुन् । लु ३९ प २९१९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले चेक गर्दा उक्त कटुवा पेस्तोल र चक्कु भेटिएको र बरामद गरी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाका थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया