काठमाडौं । अभिनेता गणेश बेल्वासेद्वारा निर्माण र निर्देशन रहेको फिल्म ‘प्रेमनाथ’ भदौ १८ गतेदेखि छायाँकनमा जान लागेको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बेल्वासेले लुम्बिनीबाट छायाँकन शुरु गरिने बताए ।
‘प्रेमनाथ’लाई आगामी चैतमा रिलिजको लक्ष्य राखिएको छ । अलिक भिन्दै प्रेमकथामा बन्न लागेको ‘प्रेमनाथ’का लागि छायाँकन हुने स्थानको खोजी भइसकेको बेल्वासेले बताए ।
यसअघि ‘उहिले बाजेको पालामा’ फिल्म निर्माण गरिसकेका बेल्वासेले आफ्नो यो दोस्रो फिल्मलाई धेरै मेहनत गरेको बताए । फिल्मका लागि उनले दाङमा छविराज ओझामार्फत वर्कशप समेत चलाएका थिए ।
काठमाडौंका साथै ‘प्रेमनाथ’लाई लुम्बिनी, दाङ, प्यूठान, कालिकोट, डोल्पा, मुगु, जुम्लासहितका जिल्लाहरूमा छायाँकन गरिनेछ । केही दृश्यहरू भारतमा छायाँकन गरिने बेल्वासले बताए । ‘प्रमेनाथ’लाई बेल्वासेले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशन फिल्म हो । ‘प्रेमनाथ’को कथा र पटकथा बेल्वासे आफैले लेखेका हुन् ।
पूर्वसांसद राजु खनाल, नेपाल पत्रकार महासंघको उपाध्यक्ष विपुल पोखरेल, कपिलप्रसाद दवा, बसन्तराज भट्ट, शशि थापा, कलाकार सुशील पोखरेललगायतले ‘प्रेमनाथ’ युनिटलाई सफलताका शुभकामना दिएका थिए ।
फिल्मको निर्माता गह्वेश्वरी बेल्वासे, कार्यकारी निर्माता कपिलप्रसाद दवा, सहनिर्माता बसन्तराज भट्टको रहेको छ । फिल्मको छायाँकन सुमन कार्की, द्वन्द्व भरत क्षेत्री रहनेछ ।
सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीको संगीत रहेको ‘प्रेमनाथ’मा राजेशपायल राई, भुपु पाण्डे, सूची पन्थी, बेनुका राई र एसडी योगीको स्वर रहेको छ । नृत्य रजिन पाठक र मेकअप राकेश रणपालको रहने निर्देशक बेल्वासेले बताए ।
निर शाह, मोहन निरौला, सुरवीर पण्डित, कमल गाउँले, मोनलिशा विष्ट, राज थापा, पूजा रिजाल, कीर्ति गौतम, राजकुमार सिटौला, रञ्जन पौडेल, गौरव भट्टको फिल्ममा अभिनय रहनेछ ।















प्रतिक्रिया