१ कार्तिक २०८३, शनिबार

अमेरिकाको न्यु मेक्सिकोमा ठूलो सडक दुर्घटना, आठजनाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, १६ भदौ । अमेरिकाको न्यु मेक्सिकोमा लरी र बस ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु केही घाइते भएका छन् ।

न्यु मेक्सिकोको थोरेउ बजारमा ४९ जना यात्रु चढेको बस र लरी ठोक्किएका हुन् । लरीको एउटा टायर फुत्किएपछि दुर्घटना भएको हो ।

लरीका ड्राइभर घाइते भएका छन्, तर उनको अवस्था खतरामुक्त रहेको स्थानीय सञ्चारमा माध्यमलाई उद्धृत गर्दै सिबिएस न्युजले जनाएको छ ।

बसमा रहेका प्रायः सबै यात्रुलाई कम्तिमा सामान्य चोट लागेको छ । उनीहरुलाई अस्पताल लगिएको सिबिएसले उल्लेख गरेको छ ।