लण्डन, १६ भदौ । बेलायतको लण्डनका मेयर सद्धिक खानले केन्द्रीय सरकारको नीतिका कारण लण्डनमा घरबारविहीनहरू बढेको बताएका छन् ।
प्रधानमन्त्री टरिजा मेको समाज सुधार अभियानका कारण राजधानीबासी नै घरबार विहीन हुनु परेको मेयर खानले शुक्रबार आरोप लगाए ।
घरबार विहीन भएकाहरूलाई सरकारले तत्काल पर्याप्त सहयोग गरी व्यवस्थापन गर्नु पर्नेमा समेत उनले जोड दिए । यसलाई गम्भीरतापूर्वक लिएर समस्या समाधान गर्न पनि उनले आह्वान गरे ।
यस कार्यक्रमका कारण झण्डै एक लाख ३५ हजार लण्डनवासी लभान्वीत भएको दावी गरिएपनि अरु धेरै बासिन्दालाई यसले सन्तुष्ट बनाउन नसकेको टिप्पणी भइरहेको छ । सिन्ह्वा















प्रतिक्रिया