२१ कार्तिक २०८३, शनिबार

पहिरोले बगाएर एक घर पुरियो, १० परिवारको विचल्ली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १५ भदौ । जाजरकोटको नलगाड नगरपालिकामा आज आएको पहिरोले बगाएर एक घर पुरिएको छ । नलगाड नगरपालिका–६ गराग्लीमा गएको पहिरोले एक घर बगाउनुको साथै १० घर परिवार विस्थापित भएका छन् ।

कर्णबहादुर खड्काको चार कोठे घर, दुई कोठे भँैसी गोठ र बाख्राको खोरसमेत पहिरोले बगाएको बताइएको छ । खड्काको घरमा भएको खाद्य सामग्रीलगायत सम्पूर्ण सामान पहिरोले बगाएको छ ।

त्यसैगरी गराग्लीकै स्थानीय बासिन्दा दलबहादुर रावल, कृतिबहादुर रावल, नन्ने कामी र लालबहादुर खड्कालगायत १० घर परिवार विस्थापित भएका छन् । विस्थापित सबैलाई माथिल्लो गराग्लीमा राखिएको स्थानीय रणबहादुर खड्काले जानकारी दिनुभयो ।

भीषण वर्षापछि आएको बाढी पहिरोले बगाएर १ सय हेक्टर बढी जमीनमा लगाइएको धानबाली नष्ट हुनुका साथै जमीननै झण्डै १० मिटर जति तल भाँसिएको छ । बाढी नरोकिएकाले खोलाले कटानसमेत गरेको खड्काले जानकारी दिनुभयो । –रासस