
काठमाडौं, १५ भदौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले दोश्रो वार्षिक साधारण सभाका अवशरमा शक्रुबार विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।
रजिष्टर्ड कार्यालय, काठमाडौंमा कार्यक्रम भएको थियो । सभाले साधारण प्रस्ताव अन्र्तगत आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन पास गरेको छ । साथै असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण स्वीकृत गरेको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ७ दशमलव ३६ प्रतिशतका दरले हुन आउने कर सहित एक करोड सड्चालिस लाख छत्तिस हजार आठ सय बयालिस रुपैया लाभाँश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।















प्रतिक्रिया