८ कार्तिक २०८३, आइतबार

काँग्रेस र एमालेका ३० जना सभासद्ले भने, ‘एक जातीय राज्यको पक्षमा छैनौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-Uml

काठमाडौँ, ५ माघ । काँग्रेस र नेकपा एमालेका सभासद्हरुले आफूहरु एक जातीय राज्यको पक्षमा नरहेको बताएका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माले सम्बद्ध सभासद्ले आफूहरु आआफ्ना दलले ल्याएको अवधारणामा प्रतिबद्ध रहेको, कहीँ कतै नगएको र एक जातीय राज्यका पक्षमा नगएको स्पष्ट पारेका हुन् । फरक प्रसंगमा गरेको हस्ताक्षरको नेपाल आदिवासी जनजाति महासंघले दुरुपयोग गरी आफूहरुको भावना विपरीत प्रचार गरिएको भन्दै ३० आदिवासी जनजाति सभासद्ले आज आपत्ति प्रकट गरेका छन् । महासंघले यही माघ ४ र ५ गते आयोजना गरेको आमन्त्रित पुस्तिकामा गरिएको हस्ताक्षर दुरुपयोग भएको उनीहरुको भनाइ छ ।

हस्ताक्षर दुरुपयोग भयो भन्दै आपत्ति प्रकट गर्नेमा ३० सभासद् छन् । एमालेका सभासद् शेरधन राईले आफूहरु पार्टीको अवधारणाबाट पछाडि नहटेको बताए । सभासद् यज्ञराज सुनुवारले पनि गलत मनशायका साथ हस्ताक्षर दुरुपयोग भएको भन्दै गलत नियतका साथ प्रस्तुत नहुन आदिवासी जनजाति महांघलाई ध्यानाकर्षण गराए ।

यसरी ध्यानाकर्षण गराउनेमा विन्दादेवी आले, अमृतलाल राजवंशी, पार्वत गुरुङ, जयन्तीदेवी राई, महिन लिम्बू, बहादुरसिंह लामा, तुलबहादुर गुरुङ, गोकुल घर्ती, भवानी खापुङ, हर्कबोल राई, पेम्बा लामा, जयप्रकाश थारु, ताराकान्त चौधरी, शकुन्तला राजवंशी, जमीन्द्रमान घले, लक्ष्मी राई, टीकाराम चेम्जोङ, तारादेवी राई, अइन्द्रसुन्दर नेम्वाङ, वैजनाथ चौधरीलगायत छन् ।