१२ कार्तिक २०८३, बिहिबार

संस्थालाई बाँडेको १९ अर्बको विवरण नष्ट, कर्मचारीले जानाजान बिगारे

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । सफ्टवेयर बिग्रिँदा कोषले अहिलेसम्म ६२ जिल्लाका ३२ हजारभन्दा बढी सामुदायिक संस्थालाई वितरण गरेको १९ अर्ब रुपैयाँको हिसाबकिताब नष्ट भएको छ ।

कोषले ती संस्थालाई रिभल्विड फन्डका रूपमा करिब १९ अर्ब रुपैयाँ वितरण गरेको छ । सफ्टवेयरमा क्षति पुग्दा ती संस्थालाई कहिले कति रकम दिएको हो भन्ने विवरणसमेत कोषमा छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

०६० देखि अहिलेसम्म कोषले ३१ अर्ब रुपैयाँ खर्च गरेको छ । त्यही ३१ अर्ब रुपैयाँमध्ये १९ अर्ब रुपैयाँ ६२ जिल्लाका ३२ हजार सामुदायिक संस्थालाई अनुदान दिइएको हो । सफ्टवेयरमा क्षति हुँदा अहिलेसम्म गरेको लगानीको विवरण नै डुब्ने अवस्था आएको कोष सञ्चालक समितिका सदस्य नारायण कोइरालाले बताए ।

कोषको सूचना प्रणाली व्यवस्थापन महाशाखा अधिकृत मोहन जिसीलाई उपाध्यक्ष यामबहादुर थापाको दबाबमा अनुगमन महाशाखाका निमित्त प्रमुख बनाइएको थियो । जिसीलाई अनुगमनसहित आइटीको पनि जिम्मा दिइएको थियो । कोष स्रोतका अनुसार जिसीलाई आइटीको मात्र जिम्मा दिनुपर्ने आवाज त्यतिवेलै उठेको थियो ।

यता, पुसमा परियोजना सकिने भएकाले कर्मचारीहरूको करार नथप्ने योजना कोषको थियो । यो आधारमा जिसीको करार अवधि भदौसम्म मात्रै थियो । कार्यकाल सकिन लागेका जिसीले नियतवश नै सफ्टवेयर बिगारेको स्रोतको दाबी छ । कोष स्रोतका अनुसार सफ्टवेयर निर्माणमा करिब एक करोड रुपैयाँ खर्च भएको छ । साथै, पटकपटक मर्मतसम्भारमा लाखौँ रुपैयाँ खर्च भएको छ ।