१ कार्तिक २०८३, शनिबार

सेनाको हेलिकोप्टर दुर्घटना हुँदा १८ को मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आबाबा, १५ भदौ । सेनाको हेलिकोप्टर दुर्घटना हुँदा बिहीबार इथियोपियामा १८ जनाको मृत्यु भएको छ ।

राज्यको संलग्नता रहेको फाना प्रसारण निगमले मुलुकको मध्य भागमा पर्ने डायर डावा र विशोफ्टुको बीचमा हेलिकोप्टर दुर्घटना भएको जनाएको छ ।

हेलिकोप्टरमा भएका सवैको मृत्यु भएको बताइएको छ । हेलिकोप्टरमा १५ जना सैनिक र तीन जना चालक दलका सदस्य रहेका थिए ।

घटनाका बारेमा थप विवरण आउन बाँकी नै रहेको समाचारमा उल्लेख छ ।

यसअघि सन् २०१३ मा इथियोपियाको सैन्य विमान मोगादिसुमा दुर्घटना हुँदा चालक दलका चार जनाको मृत्यु भएको थियो । एएफपी