२ कार्तिक २०८३, सोमबार

एनआईसी एशिया बैंकको नयाँ शाखा तनहुँको डुम्रेमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १४ भदौ । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय तनहुँको बन्दीपुर गाउँपालिका–१, डुम्रेमा स्थापना गरिएको छ । शाखाको बैंकका संचालकी राजेन्द्र प्रसाद अर्यालले बिहीबार उदघाटन गरेका छन् ।

देशभर २ सय ४१ शाखा, २ सय ३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गरिरहेको बैंक देशकै ठूलो शाखा सञ्जाल भएको बैंक भएको छ ।

बैंकको वासलातको आकार रू. १८३ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५५ अर्ब तथाकर्जा रू. १२७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।

हालसम्म बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए ।