२१ कार्तिक २०८३, शनिबार

पात्रबाटै सेल्फी उपन्यासको विमोचन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, १३ भदौ । घोराहीकी बन्दना डिसी कार्यक्रम सुरु हुन अगाडि नै सुटुक्क आईन् र पत्रकार महासंघको हलमा बसिन् । एकैछिनमा हल खचाखच भरियो । कार्यक्रम सुरु भयो । कार्यक्रम सुरु भैसकेपछि सबैको आँँखा बन्दनामाथी परे । किनकी उनी थिईन् अहिलेको चर्चित उपन्यास सेल्फीको प्रमुख पात्र ।

उदाहरण समूह, नेपालले सेल्फी उपन्यास विमोचन कार्यक्रम आयोजना गरेको थियो । आफ्नै जीवनको भोगाईहरुले बुनिएको उपन्यासको विमोचनमा आएकी बन्दना कतिबेला भाबुक भनिन् भने कति बेला उत्साहित । पत्रकार तथा साहित्यकार सविन प्रियासनले लेखेको उपन्यास आफ्नौ हातले विमोचन गर्न पाउँदा उनलाई छुट्टै आनन्दको महसुस भएको बताईन् । छोरीको जीवनमा लेखिएको उपन्यास विमोचन हुँदै गर्दा बन्दनाको आमा सुशीला डिसीले धेरै पटक आँखामा आँसुहरु ल्याईन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, पत्रकार सुशील गौतम, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, उदाहरण समूह, नेपालकी अभियान्ता संगीत मगरसंगै पुस्तकको विमोचन गर्दै गर्दा ‘नर्भस फिल’ गरेकी बन्दना कार्यक्रमभर आकर्षणको केन्द्र बनिन् ।

एउटा हातमा आएको समस्याका कारण आफुलाई कमजोर महसुस गर्दै आएकी बन्दनाले भोगेको अपमान, पीडा र संघर्षका कथाहरुको विषयमा लेखिएको उपन्यासको विमोचन गरीएको हो । काठमाडौंस्थित ईन्डीको ईन्कले प्रकाशन गरेको पुस्तक दाङमा उदाहरण समूहले विमोचन गरेको हो ।

प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले उपन्यासको पात्र स्वय विमोचन कार्यक्रममा उपस्थित भएर म पात्र हुँ भनेको दुर्लभ घटना भएको बताए । ईतिहासका विभिन्न कालखण्डहरुमा भएका गतिविधि र ब्यक्तिहरुको विषयमा उपन्यास बने पनि एउटा सामान्य ब्यक्तिहरुको बारेमा पुस्तक बन्नु महत्वपुर्ण विषय भएको बताए ।