सल्यान, १३ भदौ । सल्यान जिल्लामा घरको दलिन भाँचिदा एउटै परिवारका ५ जनाको मृत्यु भएको छ ।
बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगराँसस्थित आफ्नै घरमा सुतेका एउटै परिवारका ५ जनाको मृत्यु भएको हो ।
मंगलबार राति करिव ९ बजेतिर घरको दलिन भाँचिदा घरको भित्ता भत्किएको थियो । एउटै परिवारका ६ जनामध्ये ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मृत्यु हुनेमा बुवाआमा सहित २ छोरी र १ छोरा रहेका छन् । मृत्यु हुनेमा ४० वर्षीय बुवा रामसिंह कामी, ३५ वर्षीय आमा रामकला कामी रहेका छन् । छोरीद्वय ७ वर्षीया गंगा बिक र ६ वर्षीय प्रमिला बिक तथा छोरा ४ वर्षीय रुपलाल बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
परिवारसँगै सुतेकी रामसिंहका अन्दाजी ११ वर्षीया सुनिता बिक घाइते भएकी छिन् । घटनाको बिषयमा थपअनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
(तस्बिर रेशम डिसीको फेसबुकबाट साभार)
















प्रतिक्रिया