२ कार्तिक २०८३, सोमबार

एनसीसी बैंकद्धारा एनबीआईसँग तालिम सञ्चालन सम्बन्धी सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ भदौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेडबीच तालिम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

मंगलबार आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एन.बी.आईले एनसीसी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख रुपैयाँ बराबरको वार्षिक तालिम सञ्चालन गराउने बैंकले जनाएको छ ।