४ कार्तिक २०८३, बुधबार

‘पोहोर मरिन सासू, अहिले आयो आँसु !’

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी संहितालाई लिएर सरकारको आलोचना गर्नु ‘पोहोर मरिन सासू, अहिले आयो आँसु’ भने जस्तै भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै ओलीले मुलुकी संहितामा कुनै कमजोरी भए सच्याउन सरकार तयार रहेको बताए । तर, अघिल्लो वर्ष नै संसदले पास गरेर राष्ट्रपतिबाट प्रमाणित भएको कानूनलाई लिएर सरकारको ओलाचना गर्नु नसुहाउने ओलीको भनाई छ ।

आफ्नो नेतृत्वमा कानून बनेकोमा गर्व गर्ने र त्रुटिपूर्ण रहेको भन्दै सरकारलाई आरोप लगााएको भन्दै काँग्रेसको आलोचना गरे । प्रधानमन्त्री ओलीले भने ‘यस्ता विषयमा किन राजनीति गर्ने ? भुलचुक छ भने यो सदनले गरेको हो । हामीले गरेको हो । सच्याउन सकिन्छ ।’

‘पोहोर बन्यो ऐन । पोहोर लाग्यो लापमोहन । चुपचाप निरो सुते झै सुतिरहे । अहिले जारी हुने बेलामा सरकारको अनुहार हेरेर यो त सहन सकिँदैन । पोहोर मरिन सासू, अहिले आयो आँसु धरधरी !’ ओलीले भने ।

बनाउने अगुवाई जसले गरेको भए पनि, जसको सरकार भए पनि आरोपित नगर्ने भन्दै उनले कमजोरी भए सच्याउन सकिने बताए । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘सदनबाट पारित भएको कानूनको सम्मान गर्छु । कमकमजोरी भए सच्याऊँ ।’

उनले अघिल्लो वर्ष नै संसदले पास गरेर राष्ट्रपतिबाट प्रमाणित भइसकेको कानूनको विषयलाई लिएर सरकारको ओलाचना गर्न नसुहाउने तर्क गरे ।