२ कार्तिक २०८३, सोमबार

मेगा बैंकबाट १२ हजार ९९९ मासिक किस्तामै गाडी

7.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । मेगा बैंक नेपाल लिमिटेड र पायनियर मोटोकर्प प्राइभेट लिमिटेडबीच डाटसन र निशान कम्पनीका गाडीका लागि १० वर्षे अटो लोन प्रदान गर्ने सम्झौता भएको छ ।

मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र पायनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दबीच सरल अटो लोन कर्जाका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार पायनियर मोटो कर्प प्राइभेट लिमिटेडबाट गाडी किन्न चाहने ग्राहकहरुलाई मेगा बैंकले सरल, सहज र शुलभ दरमा १० बर्षसम्म भुक्तानी गर्ने गरी वित्तीय सुविधा प्रदान गर्नेछ ।

जसमध्ये डाटसन कम्पनीका गाडीहरु १२ हजार ९९९ मासिक किस्तामै ग्राहकहरुले किन्न सक्नेछन् । यसैगरी निशान कम्पनीका सबै मोडलका गाडीहरुमा पनि सरल किस्तामै भुक्तानी गर्ने गरी ग्राहकहरुले अटो लोन पाउनेछन् । त्यसका लागि ग्राहकहरुले ३५ प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्छ ।

प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । यो सुविधा मेगा बैंकका देशभरका शाखाहरुबाट लिन सकिनेछ । यो सम्झौतापछि ग्राहकहरुलाई सस्तोमा गाडी लिन सहज हुने बैंकको विश्वास रहेको छ ।