८ कार्तिक २०८३, आइतबार

विश्व क्रिकेटमा नेपालको अर्को सफलता, नेपालले नेदरल्याण्डलाई हरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricket-team-nepal

काठमाडौँ, ४ माघ । आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । नेदरल्यान्डस्लाई दुई विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो ।

प्रतियोगिताअन्तर्गत नामिवियाको राजधानी भिन्टहकमा आज भएको रोमाञ्चपूर्ण उक्त खेलमा नेपालले ४९.३ ओभरमा १५९ रन बनाएको थियो भने नेदरल्यानडस्ले ४९.५ ओभरमा १५८ रन जोडेको थियो ।

तीन बल बाँकी रहँदा प्रतिद्वन्द्वी नेदरल्यान्डस्ले दिएको चुनौती पूरा गर्दै नेपालले कठिन जित हात पारेको हो ।