२१ कार्तिक २०८३, शनिबार

विद्यालय हड्तालका कार्यक्रम फिर्ता

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ भदौ । आफ्ना पेशागत माग पूरा गराउन यही भदौ १२ र १३ गते देशभरका सामुदायिक विद्यालयमा हड्तालको कार्यक्रम फिर्ता भएको छ ।

संयुक्त अस्थायी शिक्षक सङ्घर्ष केन्द्रीय समितिले नेपाल शिक्षक महासंघसँगको वार्ताका क्रममा माग पूरा गराउन सकारात्मक पहल गर्ने सहमतिपछि आन्दोलन स्थगन भएको समितिका अध्यक्ष हेमनाथ चौलागार्ईंले बताए ।

संघीय शिक्षा ऐन तर्जुमाका क्रममा अस्थायी शिक्षकका माग सम्बोधन गर्न महासंघले पहल गर्ने सहमति भएको समितिले जनाएको छ । कुनै पनि बहानामा विद्यालय बन्द गराइनु मानव अधिकार विरोधी हुने सरोकार भएकाहरुले बताउँदै आएका छन् । -रासस