२१ कार्तिक २०८३, शनिबार

मंसिर ३ देखि हेटौँडामा सती श्राप मोचन संकल्प महायज्ञ हुने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


हेटौँडा, ११ भदौ । मकवानपुरको हेटौँडामा आउँदो मंसिर ३ गतेदेखिसती श्राप मोचन संकल्प महायज्ञ हुने भएको छ । इच्छा कामना साधना परिवारको आयोजनामा महायज्ञ हुने भएको हो ।

महायज्ञको विषयमा जानकारी दिँदै इच्छा कामना साधना परिवारकी केन्द्रीय अध्यक्ष शुष्मा शर्मा बडालले नेपालको हेटौँडाबाट सती श्राप मोचन संकल्प हुने बताईन् । नेपाललाई सतीले श्राप दिएको देश भनि भन्ने गरिएको सन्र्दभमा सती श्राप मोचन संकल्प सहितको महायज्ञ गर्न लागिएको उनको भनाई रहेको थियो ।

महयज्ञपछि मकवानपुरकै क्षेत्रमा तिर्थ स्थल निर्माण, सतीदेवीको मन्दीर स्थापना, गौशला निर्माण, बृद्धाश्रम तथा शान्ति पार्क निर्माणको लक्ष्य राखिएको उनको भनाई रहेको थियो ।

हेटौँडाको गोरक्षश्वर मन्दिर परिषरमा हुने महायज्ञ १६ दिनसम्म चल्ने महायज्ञ महायज्ञका करिब २ करोड खर्च हुने अनुमान आयोजकको रहेको छ । महायज्ञ सम्पन्न गर्नको लागि महेन्द्रनाथ शर्मा संयोजक तथा सुन्दर शाही सहसंयोजक रहेको मुल आयोजक समिति समेत निर्माण गरिएको छ ।

महायज्ञको लागि इच्छा कामना साधना परिवारका पदाधिकारीहरु शोभाकर थापा सहितको टोलीले हेटौँडामा विभिन्न क्षेत्रमा बैठकहरु सञ्चालन गरेका छन् ।

नेपालको मध्य भागमा रहेको हेटौँडामा सती श्राप मोचन संकल्प महायज्ञ हुनु गौरबको विषय भएको भन्दै मुल आयोजक समितिका सहसंयोजक शाहीले सबै मकवानपुरे मिलेर महायज्ञ सम्पन्न गर्न सहयोग गर्नुपर्नेमा जोड दिए । महायज्ञमा नेपालभरबाट भक्तजनहरुलाई हेटौँडासम्म ल्याउने तयारी समेत आयोजकले गरेको शाहीले बताए ।

महयज्ञको लागि मुल पुरोहितको रुपमा दिपज्योती अर्याल रहेका आयोजक समिति महासचिव नवराज थपलियाले बताए । महायज्ञमा यमप्रसाद कँडेलले कोषाध्यक्षको भूमिका निर्वाह गर्नेछन् ।