२ कार्तिक २०८३, सोमबार

जोशी हाइड्रोको आइपीओ निष्काशन हुँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । जोशी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनीले सर्वसाधारणको लागि साधारण सेयर (आइपीपओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सयका दरले १६ लाख ९औ हजार ४७० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डमा कम्पनीले आइपीओ निष्काशनका लागि आवेदन दिइसकेको छ । इलामका स्थानीयबासीका लागि कम्पनीले यसअघि ३ लाख ७१ हजार ४०० कित्ता आइपीओ जारी गरिसकेको छ । जसमा १ लाख २९ हजार ३९० कित्ता सेयर मात्र बिक्री भएको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको सेयर पूरा बिक्री भएको छैन । बाँकी सेयर अब कम्पनीले सर्वसाधारणका लागि बेच्ने बताएको छ ।

यस हाइड्रोपावर कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम भने सिद्धार्थ क्यापिटलले गर्दैछ ।