आयरल्याण्ड, ११ भदौ । आयरल्याडको चर्चमा भएका अवाञ्छित क्रियाकलापलाई लिएर पोप फ्रान्सिसले आइतबार भगवानसँग क्षमा याचनासहित माफी मागेका छन् ।
क्याथोलिक चर्चमा भएका गतिविधिबारे आफ्नो दुई दिने भ्रमणको अन्तिम दिन पोपले भने, ‘चर्चमा भएका अवाञ्छित गतिविधिका कारण बनेका ‘खुला चोट’ले आफू दुखित बनेको र यसलाई सत्यमा आधारित रहेर न्याय दिन आवश्यक ‘कडा तथा निर्णायक’ उपायहरूको खोजी गरिनेछ ।’
पश्चिमी आएरल्याण्डको नक स्राइन चर्चमा सम्बोधन गर्दै उनले भने, ‘म चर्चमा भएका घटनाप्रति भगवान्सँग क्षमा याचना गर्छु ।’ एएफपी















प्रतिक्रिया