८ कार्तिक २०८३, आइतबार

तरुण दलले माग्यो अध्यक्ष नेम्वाङसँग नयाँ संविधान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । सत्तारुढ कांग्रेस निकट नेपाल तरुण दलले तोकिएको समयमा संविधान जारी गर्न माग गरेर संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाएको छ ।

तरुण दलका अध्यक्ष उदयशम्शेर राणाको नेतृत्वमा पुगेका नेता तथा कार्यकर्ताले संविधानसभा अध्यक्ष नेम्वाङलाई आज ज्ञापनपत्र बुझाएका हुन् ।

अध्यक्ष राणाले संविधानसभा नियमावलीअनुसार भए पनि समयमा संविधान दिन आफूहरुले माग गरेको बताउनुभयो ।

उनले सहमतिका नाममा प्रमुख दलका शीर्ष नेताहरुले समय गुजारेको बताउँदै अब आफूहरुले दवाव दिने बताउनुभयो ।

‘सहमतिका नाममा संविधानसभालाई बन्धक बनाउनु पाइदैन’, अध्यक्ष राणाले भन्नुभयो, ‘नियमावलीअनुसार अघि बढेर भएपनि तोकिएको समयमा संविधान जारी गर्नुपर्छ ।’

संविधान जारी गर्ने मिति आउन चार दिन मात्रै बाँकी रहेका बेला तरुण दलले पनि ज्ञापनपत्र बुझाएको हो ।