२ कार्तिक २०८३, सोमबार

जनता बैंकले ल्यायो ‘मेरो तलव खाता’

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० भदौ । जनता बैंक नेपाल लिमिटेडले ‘मेरो तलव खाता’ सञ्चालनमा ल्याएको छ । श्रमिक/कर्मचारी वर्गको अधिकतम सुविधा सुनिश्चित गर्ने उद्देश्यसहित यो खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
संगठित क्षेत्रमा कार्यरत सबै उमेर समूहका ग्राहकले ‘मेरो तलव खाता’ खोल्न सक्ने बैंकले जानकारी दिएको छ ।
खाताका अन्य विशेषताहरुः

  • शुन्य मौज्दातमा खाता खोल्न सकिने ।
  •  वार्षिक व्याज दर ७ प्रतिशत ।
  •  दैनिकमौज्दातमा त्रैमासिकव्याजभूक्तानी ।
  • २ वर्षको लागि निःशुल्क भिसा डेभिड कार्ड ।
  •  निःशुल्क दुर्घटना बीमा सुविधा ।
  • निःशुल्क एबीबीएस सुविधा ।
  • निःशुल्क चेक आदि ।