८ कार्तिक २०८३, आइतबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ माघ । नेपाल आयल निगमले आज बिहान १०ः०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ ।

निगमले १५/१५ दिनमा स्वचालित मूल्य प्रणाली लागू गरेकोले अन्तर्राष्ट्रिय बजारअनुसार समायोजनका लागि मूल्य घटाएको निगममा प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले राससलाई जानकारी दिनुभयो ।

घटाएको मूल्यअनुसार अब पेट्रोलको मुल्य प्रतिलिटर १११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको प्रतिलिटर रु ८८ कायम भएको छ । निगमले समायोजनअनुसार मूल्य घटाएको यो सातौँपटक हो । रासस