५ कार्तिक २०८३, बिहिबार

पहिलो माझी चलचित्र ‘दुई किनारा जीन्दगीको’

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा,९ भदौ । मकवानपुरमा पहिलो पटक माझी सस्कृतिमा आधारित रहेर चलचित्र ‘दुई किनारा जीन्दगीको’ निर्माण भएको छ । असोज महिनाभित्र प्रर्दशन गर्ने गरि निर्माण गरिएको चलचित्रको हाल सम्पादन कार्य भैरहेको छ ।

मकवानपुरको पुर्वि बकैया गाउँपालिकमा छायाङ्न भएको चलचित्र बकैयाकै लोकेन्द्र माझीले निर्माण गरेका हुन भने निर्देशक पनि बकैया गाउँपालिकाकै अजय माझी रहेका छन् ।

अधिकांश कलाकारहरु बकैयाको रहेको चलचित्रले मकवानपुर सहित देशभरमा रहेका माझी समुदायको सस्कृती, उनीहरुको समस्या लगाएतको विषयलाई समेटेको निर्माता लोकेन्द्र माझीले बताए ।

अजय वाईवाले खिचेको चलचित्रमा उनकै सम्पादन समेत रहेको छ । चलचित्रमा लाकेन्द्र माझी, रोहन माझी, शिसम माझी, रेजिना माझी, अनिता माझी, अजय माझी, विवश माझी, मानबहादुर माझी, विमला माझी, कृष्ण माझी, युवराज थिङ, विनोद भोम्जन, सोनि माझी तथा वाल कलाकार अमुल्य माझी, सौरभ माझी लगाएतले अभिनय गरेका छन् ।

माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी समुदायमा देखा पर्ने समस्या, खोलाको नजिक बस्ने उनीहरुको बस्तीमा हुने खतरा लगाएतको मार्मिक विषयबस्तु चलचित्रमा रहेको निर्माता माझीले बताए ।