नयाँ दिल्ली । सन्नी लियोनको फ्यानका लागि खुसीको खबर छ ।
किन भने उनको सैक्सी कमेडी अभिनयले भरिएको चलचित्र ‘मस्तीजादे’ यसै वर्षको मे १ तारिखमा सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
‘मस्तीजादे’ प्रदर्शनको जानकारी चलचित्रका अर्का मुख्य कलाकार लीड स्टार वीर दाशले दिएका हुन् ।
उनले आफ्नो ट्वीटरमा चलचित्र प्रदर्शको मिति सेयर गरेका छन् ।
उनका अलवा चर्चित कलाकार जितेन्द्रका छोरा तुषार कपुर र बीर चलचित्रको प्रमुख भूमिकामा छन् ।
सन्नीले चलचित्रमा लैला नामक चरित्र निर्बाह गरेकी छन् । मिलाप जावेरीले चलचित्र निर्देशन गरेका हुन् ।
मिलापले यस अगाडि ‘मे तरा हीरो’, ‘ग्रयाण्ड मस्ती’ र ‘शुट आउट एण्ड वडाला’ सहायक भएर काम गरेका थिए ।
यी चलचित्रको स्क्रिपट पनि उनले नै तयार पारेका हुन् । चलचित्र ‘मस्तीजादे’ मिलापको निर्देशनमा डेब्यु चलचित्र हो ।













प्रतिक्रिया