काठमाडौं, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मुलुकलाई हिन्दू राज्य घोषणा गर्नुपर्ने माग गरेर संविधानसभा घेराउ गर्दैछ ।
राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार समयमा संविधान, हिन्दू राज्य र साझा पहिचानका संघीयराज्य माग गरेर आज संविधानसभा भवन नयाँ बानेश्वरमा घराउ गर्न लागिएको हो ।
मध्यान्ह १२ बजे हुने घराउ कार्यक्रममा उल्लख्य समर्थकको सहभागिता रहने श्रेष्ठले बताए ।
राप्रपा नेपालले संविधानसभा घेराउका लागि उपस्थित हुन आफ्ना नेता तथा कार्यकर्ता र समर्थकहरूलाई आग्रहपनि गरेको छ ।
बबरमहलमा जम्मा भएर राप्रपा नेपालका कार्यकर्ता संविधानसभा भवनतर्फ जाने छन् ।
नयाँ संविधानमा हिन्दू राज्य हुनुपर्ने माग गर्दै आएको राप्रपा नेपालले पूर्वपश्चिम रथयात्रा समेत गरिसकेको छ ।
राप्रपा नेपालले संविधानका विवादित विषयहरूमा जनमत संग्रहको पनि माग गर्दै आएको छ ।















प्रतिक्रिया