४ कार्तिक २०८३, बुधबार

सिप्रदिद्वारा रोड सेफ्टी फेन्सी ड्रेस प्रतियोगिता सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ भदौ । टाटा मोटर्सको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्यार्थी, शिक्षक र सञ्चालकहरुलाई सडक सुरक्षा र ट्राफिक नियमका बारेमा सचेत गराउन विभिन्न क्रियाकलापमार्फत प्रयास गरेको छ ।

सडक सुरक्षा फेन्सी ड्रेस प्रतियोगिता प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभागृहमा ‘सुरक्षाका लागि पोशाक लगाऔं’ भन्ने नाराका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रमले सुरक्षा प्रवर्द्धन गर्ने, विद्यार्थीले कसरी सुरक्षा लिए र उनीहरुले आफ्नो तर्फबाट सुरक्षित रहन के गर्नुपर्छ भनि जानकारी दिइएको थियो । सिप्रदीले यस वर्ष विभिन्न कार्यक्रमहरु संचालन गरि देशभर ६४ हजारभन्दा धेरै विद्यार्थीलाई सचेत गराउन सफल भएको छ ।

सडक सुरक्षाप्रति आफ्नो महत्वपूर्ण पहल देखाउनका लागि १५ वटा विद्यालयहरु प्रतियोगितामा सहभागी थिए । सबै विद्यालयहरुको सुरक्षाको बारेमा आफ्नै नारा थियो र उनीहरुले सुरक्षातर्फ सम्मान देखाउँदै परेड पनि प्रस्तुत गरे ।

विद्यार्थीहरुले ट्राफिक बत्ती, ट्राफिक कोन, जेब्रा क्रसिङ, परावर्तन हुने ज्याकेट, मादक पदार्थ सेवन गरी सवारी नचलाउने विषयवस्तु समेटिएको घाइते मानिस, हेल्मेट लगाउने लगायतका सन्देश दिने खालका सडक सुरक्षासम्वन्धी सिर्जनशील विचार रहेका पोशाक लगाएका थिए । विद्यार्थीहरुले उनीहरुको पोशाक कार्डबोर्ड, चार्टपेपर र विभिन्न खालका फेब्रिकको प्रयोग गरी उनीहरुको विचार र ज्ञानका आधारमा सुरक्षाको विषयमा बनाएको बताए ।

प्रतियोगितामा रुपि इन्टरनेसनल स्कूलले समग्र सुरक्षा सन्देशमा सर्वोत्कृष्टको पदवी पाउन सफल भयो । त्यस्तै, हेराल्ड बोर्डिङ स्कूल सर्वोत्कृष्ट सुरक्षा परेडको पदवी पाउन सफल भयो ।

नाइटिंगेल स्कूलका स्वर्ण सिंह (कक्षा ७) सबैभन्दा सिर्जनशील कस्ट्युम (ट्राफिक लाइट लगाएको) को विजेता बने भने रुपि इन्टरनेसनल स्कुलका एकता ढकाल (कक्षा ६) लाई सर्बोत्कृष्ट प्रस्तोताको रुपमा छानियो । उनीहरुलाई प्रमाणपत्र, ट्रफी र नगद पुरस्कारले सम्मान गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै सिप्रदी ट्रेडिङका सीओओ राजेशप्रसाद गिरीले हाम्रो बसको कुराको पछाडी सुरक्षा हाम्रो नियन्त्रणमा भएको सबैले सुरक्षा नियमको पालना गर्नुपर्ने र कुनै पनि अनिश्चितताबाट आफूलाई जोगाउन सुनिश्चित गर्नुपर्ने मान्यता भएको बताए ।