२९ आश्विन २०८३, बिहिबार

नेपाल पुलिस क्लबले सडेन देथको आधारमा उपाधि हात पारे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepalpolice_902412077पोखरा, ४ माघ । कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनोकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा पोखरा रङ्गशालामा भएको मनोकामना केबुलकार, पोखरा कप फुटबल प्रतियोगितामा सडेन देथको आधारमा नेपाल पुलिस क्लबले उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस र थ्रिस्टारबीचको खेलमा निर्धारित समयमा दुवै पक्षबीच एक–एक गोल भएको र थपिएको १५ मिनेटमा दुवै पक्षबीच कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा लगिएको थियो ।

टाइब्रेकरमा दुवै पक्षबीच तीन–तीन गोल भएपछि खेल सडेन देथमा गएको थियो ।

नेपाल पुलिस क्लब विजेता बनेपछि तीन लाख ५५ हजार र ट्रफी र उपविजेता थ्रिस्टारले दुई लाख एक हजार र ट्रफी प्राप्त गरेको थियो ।

गत पुस २२ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विदेशी टोली र स्थानीय टोली गरी १२ टोलीको सहभागिता रहेको थियो ।