१ कार्तिक २०८३, शनिबार

प्रतिपक्षी नेतालाई जेल चलानको आदेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कम्बोडिया, ८ भदौ । कम्बोडियाका राजा नोरोदम सिहामोनीले बिहीबार प्रतिपक्षी दलका प्रमुख नेतालाई जेल चलान गर्ने आदेश जारी गरेका छन् ।

सानो प्रतिपक्षी दल खमेर पावर पार्टीका नेता सौर्न सेरेइ राधालाई जेल चलानको आदेश भएको हो ।

दरबारको आदेशमा ४५ बर्षीय राधालाई पाँच वर्ष जेल सजाय तोकिएको उल्लेख गरिएको एएफपीले जनाएको छ ।

‘नरेशको आदेश कार्यान्वयन गराउने जिम्मेवारी प्रधानमन्त्री सम्देच टेचो हुन सेनको हुनेछ’, आदेशमा राजाले लेखेका छन् ।

शान्ति सुरक्षामा बाधा पुर्याएको भन्दै गत वर्ष जेल चलान गरिएका १२ जना विपक्षी बन्दीहरूलाई क्षमादान दिने विषयमा पनि प्रधानमन्त्री हुन सेनले राजासँग कुरा गर्ने बताए ।

दक्षिणी केन्डाल प्रान्तमा बिहीबार आयोजित कपडा उद्योगका हजारौ कामदारहरूको भेलामा उहाँले कुनै बैदेशिक दवावमा नपरी आफ्नै क्षमाभावले उनीहरूलाई क्षमादान गर्न लागिएको दावी गरे।