५ कार्तिक २०८३, बिहिबार

मनीषाको जन्मदिनमा आएनन् चलेका कलाकार

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री मनीषा कोइरालाले मुम्बईमा आफ्नो ४८औं जन्मदिन मनाएकी छिन् । उनले दिएको जन्मदिनको पार्टीमा चल्तिका कलाकारहरू भने कोही पनि उपस्थित भएनन् ।

मनीषाकी साथी तथा पुरानी अभिनेत्री रेखा पार्टीमा आएकी थिइन् । उनले मनीषालाई टाउकोमा हात राखेर आशीर्वाद दिएकी थिइन् । फिल्म निर्माता विधु विनोद चोपडाको पनि त्यहाँ उपस्थिति थियो । फेसन डिजाइर मनीष मल्होत्रा पनि आएका थिए ।

छोरीको जन्मदिन मनाउन मनीषाकी आमा सुष्मा कोइराला पनि मुम्बई पुगेकी थिइन् । बाबुप्रकाश कोइराला भने गएनन् । मनीषाकी निकट साथी उषा काकडेको पार्टीमा सहभागिता रहेको थियो ।

सानो जमघटमा मनाइएको जन्मदिनका अवसरमा मनीषा खुशी देखिएकी थिइन् । उनले सेतो रंगको कुर्ता सुरुवात लगाएकी थिइन् । सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ मा काम गरेपछि बलिउडमा मनीषाको सक्रियता बढ्न थालेको छ । उनी चाँडै एउटा वेब सिरिजमा काम गर्दैछिन् । एजेन्सी