१ कार्तिक २०८३, शनिबार

चन्द्रमामा भेटियो पानी, मान्छे बस्न कति सम्भव ?

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ भदौ । जीवनका लागि अत्यावश्यक पर्ने पानीको अस्तित्व चन्द्रमामा रहेको पुष्टि भएको दावी बैज्ञानिकहरुले गरेका छन् । चन्द्रमामा कुनै प्राणीको अस्तित्व रहे नरहेको विषयमा बैज्ञानिकहरुको अध्ययन जारी रहँदा त्यहाँ पानीको भाग रहेको पुष्टि भएको हो ।

चन्द्रमामा ‘बरफ’ भेटिएका कारण त्यहाँ पानी रहेको कुराको पुष्टि भएको बीबीसीले जनाएको छ । वैज्ञानिकका अनुसार बरफका डल्लाहरु चन्द्रमाका उत्तरी तथा दक्षिणी दुबै ध्रुबमा भेटिएका छन् ।

प्राचीन समयदेखिनै चन्द्रमाको सतहमा बरफको अस्तित्व रहेको अनुमानपनि उनीहरुले गरेका छन् । सन् २००८ देखि २००९ सम्म चन्द्रमामा रहेको भारतीय अन्तरिक्ष यान चन्द्रयान–१ को उपकरणले यो तथ्य पत्ता लगाएको हो ।

यसको विस्तृत विवरण ‘नेसनल एकेडेमी अफ साइन्स’ नामक विज्ञान सम्बन्धी अमेरिकी जर्नलमा प्रकाशित छ । सो जर्नलमा उल्लेख भए अनुसार, चन्द्रमामा जम्मा भएको पानीको बरफ विभिन्न स्थानमा छरिएरको छ । दक्षिणी ध्रुवमा रहेको बरफ पहाड तथा ज्वालामुखी आकारका छन् ।

उत्तरी ध्रुवमा रहेको बरफ चाहिँ दक्षिणी ध्रुबमा जस्तो एकै ठाउँमा पहाड आकारमा नभई छरिएर रहेको भेटिएको छ । चन्द्रमामा यस्ता स्थानहरु पनि छन् जहाँ सूर्यको प्रकाश समेत पुग्दैन । त्यस्तो स्थानको तापक्रम माइनस १ सय ५७ सेन्टिग्रेड रहेको छ । यस्तोमा बरफहरु पग्लिने अवस्था रहँदैन ।

वैज्ञानिकका अनुसार चन्द्रमाको तापक्रम दिनमा एक सय सेन्टिग्रेडसम्म पुग्छ, जसले बरफलाई जमिरहन मदत गर्दछ । चन्द्रमाको कुनै भागको तापक्रम दिनमा एक सय सेन्टिग्रेडसम्म पुग्ने गर्छ ।  चन्द्रमाको तापक्रम दिनमा एक सय सेन्टिग्रेडसम्म पुग्छ, जसले गर्दा जमिरहेको बरफ पग्लिन्छ र पानी बन्छ । यो खोजले चन्द्रमामा पानीको अस्तित्व पुष्टि भएको वैज्ञानिकहरु बताउँछन् ।

यसले भविष्यमा गरिने अन्य अध्ययन तथा खोजका लागि समेत मदत पुग्ने बैज्ञानिकहरुले बताएका छन् । चन्द्रमामा मानव वस्ती बसाउन सम्भव भए÷नभएको विषयमा भने वैज्ञानिकहरुले कहिले नै केही बोलेका छैनन् । –एजेन्सी