१ कार्तिक २०८३, आइतबार

एमाओवादी सभासद्हरुले भने- ‘जबर्जस्ती जारी गरे संविधान जलाउँछौँ, रक्तपात पनि हुन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BiCC_CA_Savasad1

काठमाडौँ, ३ माघ । एमाओवादीसहित विपक्षी दलका सभासद्हरुले प्रक्रियामा गएर जबर्जस्ती संविधान जारी गरे देशमा संविधान जल्ने र पुनः रक्तपात हुने चेतावनी दिएका छन् ।

संविधानसभाको शनिबारको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सभासद्ले सहमतिको मार्गतथा शान्ति सम्झौताको मर्मलाई बिर्सेर बहुमतको आडमा पेलेर जबर्जस्ती प्रक्रियामा नजान ध्यानाकर्षण गराएका हुन् ।

सत्तारुढ दलका सभासद्ले माग गरेअनुसार प्रक्रियाका आधारमा छिटो संविधान ल्याउने नाममा आफूहरुलाई पाखा लगाउन खोजिए संविधान बहुमतीयभन्दा सहमतीय रुपमा आउनुपर्छ भन्दै उनीहरुले सत्तारुढ दलले गणितीय खेल प्रक्रियामा गई संविधान ल्याएमा त्यो मान्य नहुने बताए ।

संविधानसभा बैठकमा समितिको प्रतिवेदनमा लामो समय बहस गर्नुको अर्थ नहुने ठानी सत्तापक्षीय न्यून सभासद्ले छलफलका लागि नाम टिपाएका थिए भने छलफल लम्ब्याएर सहमतिका लागि दबाब दिन एमाओवादी र मधेसवादीलगायत दलका अधिकांश सभासद्ले छलफलमा भाग लिएका थिए ।

छलफलमा सभासद् रामनारायण बिँडारी, हितराज पाण्डे, प्रेमबहादुर सिंह, रामकुमार राई, यशोदाकुमारी लामा, राधादेवी तिमल्सिना, वीरेन्द्रप्रसाद महतो, गङ्गा चौधरी, डिल्लीप्रसाद काफ्ले, रुक्मिणी चौधरी, सरिताकुमारी यादव, रामकुमार राई, जनकराज जोशी, कर्णबहादुर विक, अकवाल अहमद साह, सूर्यप्रकाश बालाराई, धर्मेन्द्रकुमार साह, विमलकुमार केडिया, श्रीप्रसाद जगेबु, आशा चतुर्वेदी, योगेन्द्र चौधरी, कर्ण धिताल, रमणी राम, सत्यनारायण भगत, अजयशंकर नायक, सुरेन्द्र जयसवाल, मानपुर चौधरी, कमला दोङ, जुठबहादुर टुहुरे, धनमाया विश्वकर्मा, ललिताकुमारी रेग्मी, मोहम्मद जाकिर हुसेन, राधिका तामाङ, टेकबहादुर बस्नेत, जगतबहादुर बुढा, प्रतिक्षा तिवारी मुखिया, रामसिंह यादव, सुमित्रा थरुनी, मीलनकुमारी रजवंशी र वाङ्दी शेर्पा गरी ४५ जनाले भाग लिएका हुन् ।