५ कार्तिक २०८३, बिहिबार

हेमन्तले ल्याए ‘माया प्रिती’ (भिडियोसहित)

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक हेमन्त शर्माले ‘माया प्रिती’ बोलको गीत सार्वजनिक गरेका छन् । मंगलबार युट्युबमार्फत शर्माले गीत सार्वजनिक गरेका हुन् ।

बिबि अनुरागीले संगीत भरेको गीतलाई मणिराज बस्नेतले लेखेका हुन् । गीतको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र आँचल शर्माको फिचरिङ रहेको छ । त्यस्तै भिडियोमा गायक शर्माको पनि अभिनय देख्न सकिन्छ ।

निकेश खड्का निर्देशित भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । म्युजिक भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

शर्माले केही समयअघि ‘पातली’ बोलको बजारमा ल्याएका थिए ।