५ कार्तिक २०८३, बिहिबार

साइना कुँवर भईन् ‘मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । साइना कुँवर ‘मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८’ घोषित भएकी छन् ।

परेली मिडियाले काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा आयोजना गरेको ‘ मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८’ को उपाधि कुँवरले हात पार्न सफल भएकी हुन् ।

कुँवरले मिस टुरिज्म नेपाल २०१८ मा आफ्ना १४ प्रतियोगीहरुलाई पछि पार्दै शीर्ष ताज संगै मिस फ्रेन्डशिप को अवार्ड पनि जितेकी छन् ।

आयुश्मा पोखरेलले फष्ट रनरअपको ताज हात पारीन् भने उनले विधागत तर्फको मिस लिडरशिप अवार्ड पनि आफ्नो पोल्टामा पारिन् ।

यस्तै सेकेण्ड रनरअपको ताज रश्मि पहारीले जित्न सफल भइन भने उनले विधागत तर्फ मिस ट्यालेन्ट र मिस हेल्पफुल को पनि अवार्डु हात पारेकी हुन् ।

यस्तैगरी थर्ड रनरअप पुनम घिमिरे भइन् भने उनले मिस डिसिप्लीन अवार्ड पनि जित्न सफल भइन् ।

विधागततर्फ भने समिक्षा रेग्मीले ‘मिस हार्ड वर्किङ’ को उपाधी हात पारिन्। सोनिका ताम्राकारले मिस पपुलर, जेशिका रावलले मिस सोसियल पोल्टामा पार्दा सरिना नापितले मिस पर्सनालिटी अवार्ड हात पारिन्।