
काठमाडौं, ४ भदौ । एनआइसी एशिया बैंकले प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले देशभरका २ सय ३७ वटै शाखाहरुबाट सहज रुपमा प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने बैंकले जनाएको छ ।















प्रतिक्रिया