
काठमाडौं, ४ भदौ । कालिका पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित १२ लाख कित्ता सेयर आईपीओका लागि निष्काशन गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डबाट भदौ ३ गते आईपीओ निष्काशनको लागि अनुमति पाएको थियो । सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्दैछन् ।
कालिका पावर कम्पनीले यसअघि गत माघ २१ देखि आयोजना प्रभावित गोरखाका स्थानीयलाई १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर जारी गरेको थियो ।
गोरखामा कम्पनीले ६ मेगावाट क्षमताको दरौदी ‘ए; जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ ।















प्रतिक्रिया