५ कार्तिक २०८३, बिहिबार

मालिकाको दोस्रो गीत ‘सरसर’ (भिडियोसहित)

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । रेखा थापा अभिनित फिल्म ‘मालिका’को नयाँ गीत रिलिज भएको छ । युट्युबमार्फत् सार्वजनिक गरिएको ‘सरसर’ बोलको गीतमा सुरेश अधिकारीको संगीत तथा शब्द रहेको छ ।

आस्था राउतको स्वर रहेको गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार रेखा थापा र कमल वली फिचरिङ छन् । कार्तिक २१ गतेबाट प्रदशर्नमा आउने फिल्मलाई नायिका रेखा आफैले निर्देशन गरेकी हुन् ।

फिल्मको छायांकन जाजरकोटसहित काठमाडौं, बनेपा, बाँकेलगायतका क्षेत्रमा गरिएको छ । नरबहादुर कार्कीको कथा रहेको फिल्ममा शिवम अधिकारीको पटकथा छ । ‘रेखा फिल्म’को व्यानरमा निर्माण भएको फिल्ममा नरबहादुर कार्कीको लगानी छ । सरस्वती थापा र तारा थापा पनि फिल्मका निर्माता हुन् ।

यसअघि मालिकाको पहिलो गीत हल्का माया के लाउने, गाढा लाउने हो सार्वजनिक भइसकेको छ । फिल्म बालविवाह न्यूनीकरणसम्बन्धी रहेको छ ।

भिडियो