२९ आश्विन २०८३, बिहिबार

कीर्तिमानधारी आरोही सञ्जयलाई सरकारको सात लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanjaya-Pandit

काठमाडौँ, ३ माघ । नेपालका लामो दूरीका अल्ट्र म्याराथुन धावक एवम् कीर्तिमानी पर्वतारोही सञ्जय पण्डितलाई नेपाल सरकारले सात लाख दिने निर्णय गरेको छ ।

दौडका माध्यमबाट विश्वका सातै महादेशका सातै उच्च पर्वत आरोहण गर्ने तयारीमा रहेका विश्व आरोही पण्डितलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रकम दिने निर्णय गरेको हो ।

उनी आगामी फेबु्रअरी २५, २०१५ मा दक्षिण अमेरिकाको सर्वोच्च शिखर माउन्ट आकान्कागुवा आरोहण गर्ने सिलसिलामा रहेका छन् । उनले यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथा, प्राणघातक हिमाल भनेर चिनिने मनास्लु, अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमान्जारो, युरोपको सर्वोच्च शिखर माउन्ट एलबु्रस तथा अस्टे्र्लियाको उच्च शिखर माउन्ट कोजिएस्कोको सफल आरोहण सम्पन्न गरिसकेका छन् ।

नेपाली खेलाडीहरु तथा आरोहीको प्रतिनिधित्व गर्दै विश्वका सबै अग्ला टाकुराको आरोहण गरी कीर्तिमान कायम गर्न लागेको हुँदा नेपाल सरकारले प्रोत्साहनस्वरुप उक्त रकम प्रदान गरेको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।

पण्डितले यसअघि दौडिएरै छ घन्टा १३ मिनेटमा अफ्रिकाको सर्वोच्च शिखर आरोहण गरी दक्षिण एसियाली तीव्रगतिका धावक आरोहीका रुपमा कीर्तिमान कायम गर्दै युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रुसको टाकुरोमा छ मिनट ०३ सेकेन्डसम्म अर्धनग्न भएर तथा अस्ट्रेलियाको सर्वोच्च शिखर कोजियस्कोमा नेपाली पोसाक दौरासुरुवालसहित आधार शिविर थे्रडबोदेखि चुचुरोसम्म उल्टो हिँडेर आरोहण गर्दै अन्तर्राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका थिए ।

सरकारको सहयोगसँगै नेपाल सरकारलाई धन्यवाद दिँदै कीर्तिमानी आरोहणमा थप हौसला मिलेको भन्दै धावक सञ्जयले खुसी व्यक्त गरे । रासस