५ कार्तिक २०८३, बिहिबार

मनिषालाई ‘दाल भात तरकारी’मा अफर गरिएको छैन : निर्माता केसी

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिल्म निर्माता एवं कलाकार किरण केसीले ‘दाल भात तरकारी’मा बलिउड अभिनेत्री मनिषा कोइरालालाई अफर नगरिएको बताएका छन् ।

‘बलिउडमा काम गरिरहेकी अभिनेत्रीले नेपाली चलचित्र त्यो पनि व्यंग्यात्मक चलचित्रमा खेलाउने कल्पना समेत गरेका थिएनौं । बरु नेपाली टप अभिनेत्रीको बारेमा सोच्न सक्थ्यौं,’ दैनिक नेपालसँग निर्माता केसीले भने, ‘दाल भात तरकारीमा मनिषालाई अफर गरिएको भन्ने खबर झुटो हो ।’

‘मनिषालाई खेलाउने भए हामी पत्रकार सम्मेलनमै जानकारी दिन्थ्यौं,’ उनले भने । हालसम्म फिल्मका लागि मुख्य अभिनेत्रीको तय नभएको उनले जानकारी दिए । मह संचारको ब्यानरमा यो फ़िल्म बन्न लागेको हो ।