१ कार्तिक २०८३, आइतबार

प्रमुख दलको बैठक निष्कर्षहीन, जातिय संघियतामा कुरा मिलेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-kp-prachanda-bijaya-

काठमाडौँ, ३ माघ । संविधान लेखनमा देखिएका विवादलाई अन्त्य गर्न शनिबार बसेको प्रमुख राजनीतिक दलको बैठक निष्कर्षविहीन भएको छ ।

संघियताको विषयमा कुरा मिल्न नसकेपछि बैठक दिउँसो २ः३० बजेसम्मका लागि बैठक स्थगित गरिएको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा संविधानसभा भवनमा बसेको बैठकमा प्रदेशको नामाकरण तथा सीमांकनका विषयमा कुरा नमिलेपछि बैठक स्थगित गरिएको पौडेलले बताउनुभयो । बैठकमा माओवादी र मधेशवादी दलहरु जातिय संघियता र एक मधेश प्रदेशका पक्षमा उभिएका थिए ।

यसैगरी, राज्यको शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीका विषयमा पनि मतभेद छ । संविधानका अन्य सबै विषयमा सहमतिको नजिक पुगेको भए पनि संघियताको विषय पेचिलो बनेको छ ।

बैठकमा विषयवस्तुमा सहमति गरेर आजै मस्यौदा समितिमा पठाउन र सहमति नभएको अवस्थामा आजबाट प्रक्रिया थाल्न काँग्रेस र एमालेले प्रस्ताव गरेका थिए ।

एमाले नेता माधवकुमार नेपालका अनुसार, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै संघियतामा जानुपर्नेमा काँग्रेस र एमालेले जोड दिएको जानकारी दिनुभयो । सहमतिको नाममा कति समयसम्म लम्ब्याउने भन्ने अनिश्चितता कायम हुन नहुने आफूहरुले स्पष्ट पारेको बताउनुभयो ।