
काठमाडौं । ‘म्यान अफ दि इयर २०१८’ नेपालको प्रतिनिधित्व सुशान्त काजी श्रेष्ठले गर्ने भएका छन् । ३१ देखि ३१ अगष्टसम्म थाइल्याण्डमा आयोजना हुने प्रतियोगिताको उनी एक मात्र नेपाली प्रतियोगी हुन् ।
१० प्रतियोगीलाई पछि पार्दै ‘मिष्टर काठमाडौ २०१८ं’ बनेका श्रेष्ठले भारत, थाइल्याण्ड, इन्डोनेशिया, जापान, फिलिपिन्स लगायत ३० भन्दा बढि राष्ट्रका प्रतियोगीसँग उपाधिका लागि भिड्नेछन् ।
नेपाली कलासंस्कृति झल्कने विभिन्न पोशाक कार्यक्रमका लागि आफूले तयार पारेको श्रेष्ठले बताए । ‘नेपाली कलासंस्कृति र भेषभुषा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मलाई यो एक महत्वपूर्ण अवसर हो’ श्रेष्ठले भने ‘देशको नाम राखेर फर्किने छु ।’ नेपालका मौलिक गीत संगीत समेत आफूले कार्यक्रम लिएर जाने श्रेष्ठले खुलाए ।
एक्सपोज नेपालले श्रेष्ठलाई प्रतियोगितामा पठाउन लागेको हो । विभिन्न नेपाली कलासंस्कृतिक र पहिचान झल्कने पहिरन सहित श्रेष्ठ प्रतियोगितामा भाग लिन लागेको एक्सपोज नेपालकी सिइयो अर्चना थापा (बस्नेत)ले जानकारी दिइन् ।
प्रतियोगिताका लागि श्रेष्ठ आगामी शुक्रबार ८ भदौमा थाइल्याण्ड उड्दैछन् ।















प्रतिक्रिया