
भक्तपुर, ३ भदौ । च्याउ उत्पादक किसान संघर्ष समितिले भारतबाट आयत हुने च्याउ बन्द गर्नु पर्ने भन्दै अन्दोलनमा उत्रिएको छ ।
रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलमा च्याउन किसान उत्पादन संघर्ष समितिका संयोजक प्रेम नारायण अधिकारीले नेपाली च्याउ उत्पादनलाई प्रोत्साहन गर्ने भन्दा पनि भारतबाट च्याउ आयतलाई प्रोत्सान दिएर नेपाली उत्पादनलाई निरुत्साहित गरेकाले संर्घषमा उत्रनु परेको बताए ।
उनले नेपाली च्याउ उत्पादनलाई प्रविधियुक्त बनाउन नसकेको र व्यवसायिक रुपमा ४० भन्दा बढी जिल्लामा च्याउ उत्पादनमा लागेका झन्डै पचास हजार नेपालीलाई सरकारले बेरोजगारतर्फ धकेल्न थालेको आरोप लगाए । यस्तै अवस्था रहे नेपाली च्याउ उत्पादनमा लागेका किसान बारीमा नभएर रोजगारीका लागि खाडीमा जानु पर्ने बाध्यता आउने उनको भनाइ छ ।
सरकार समक्ष च्याउ उत्पादन किसान संघर्ष समितिले राखेको १९ बुँदे माग पत्रलाई सरकारले सम्बोधन गरेर नेपालमा उत्पादन हुने च्याउको संरक्षण र प्रवर्द्धनको भूमिका खेल्दै बजार व्यवस्थापनमा लाग्नु पर्नेमा जोड दिए ।
संघर्ष समितिका सदस्य सचिव शनिस लागेजुले नेपालमा उत्पादन हुने च्याउलाई भन्दा पनि भारतबाट अवैद्य रुपमा भित्रने झन्डै १ लाख मेट्रिक टन च्याउको बजारलाई रोक्न नसक्दा नेपाली च्याउ बजार प्रभावित बनेको बताए ।
उनले नेपाली बजारमा झन्डै २० हजार मेट्रिक टन उत्पादन हुने च्याउको बजारलाई कसरी व्यवस्थित गर्ने यसतर्फ सकरकाले ध्यान दिन नसकेको गुनासो पोखे । सरकारले कृषि क्षेत्रलाई प्रोत्साहन मूलक विभिन्न कार्यक्रमहरु ल्याएता पनि त्यसको व्यवहारमा लागू हुन नसकेको च्याउ उत्पादक किसानहरुको पीडाले प्रष्टाएको उनले बताए ।
संघर्ष समितिले अन्दोलनको चरणलाई निरन्तरता दिँदै आइतबार कालिमाटी फलफूल तथा तरकारी बजारमा आफूहरुले उत्पादन गरेको वस्तु बिचौलियाहरुबाट नभई आफैंले बिक्री गरेको थियो । सघर्षको कार्यक्रम अन्तर्गत आज कालिमाटीमा कोण सभाका साथै बल्खु तरकारी बजारमा भारतबाट आयत गरिएको वैद्य अवैद्य च्याउ किसानहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । आफ्ना मागहरुको सम्बोधन नगरिए चरणबद्ध अन्दोलनमा उत्रन बाध्य हुने संर्घष समितिले पत्रकार सम्मलेनमा जानकारी दिएको छ ।















प्रतिक्रिया