२ कार्तिक २०८३, सोमबार

एक सिलिण्डर ग्याँसको १० हजार ६ सय

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । नेपाल ग्याँस उद्योगले आइतबारदेखि कम्पोजिट एलपी ग्याँस सिलिण्डर बजारमा ल्याउने भएको छ । नेपाल ग्याँसले यसको मूल्य १० हजार ६ सय तोकेको छ । कप्पनीले यस ग्याँस आगलागीमा पनि बिस्फोटन नहुने जनाएको छ । परीक्षणबाट पनि ग्याँस शतप्रतिशत सुरक्षित प्रमाणित भएको बताइएको छ ।

कम्पोजिट सिलिण्डरमा ग्याँसको मात्रा कति छ भनेर हेर्न सकिन्छ । सिलिण्डर पारदर्शी भएकाले यो सम्भव भएको हो । नेपाल गुणस्तर तथा नापतौल विभागबाट स्वीकृति पाइसकेको यस ग्याँसमा खिया नलाग्ने कम्पनीको दाबी छ ।

यो सिलिण्डर कार्बन कार्बन कम्पोजिट फाइबरले बनेको छ । यसलाई टाइम टेक्नोप्लास्टले उत्पादन गरेको हो । आधुनिक प्रविधिबाट निर्मित यस ग्याँसको सिलिण्डर सामान्यता: प्रयोग गरिने ग्याँसको सिलिण्डरभन्दा आधा कम छ र बलियो पनि छ ।

ग्याँस पड्केर हुने जनधनको क्षति न्यूनीकरण गर्न कम्पोजिट सिलिण्डर बजारमा ल्याएको कम्पनीले बताएको छ । यो ग्याँस अत्याधिक चिसो मौसममा पनि नजम्ने कम्पनीको दाबी छ ।