
काठमाडौं, ३ भदौ । आइतबार सुनको मूल्य २ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५५ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ५ सयमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ७२५ मा कारोबार भइरहेको छ ।















प्रतिक्रिया